
समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले शितलापुर, शिवराज नगरपालिका-१०, कपिलवस्तुमा कृषक समूहलाई लक्षित गरी एक विशेष वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्यो। यस कार्यक्रममा ३५ जना स्थानीय सहभागी भएका थिए।
कार्यक्रममा, नयाँ खाता खोल्ने क्रममा राष्ट्रिय परिचय पत्रको अनिवार्यता र अन्य महत्वपूर्ण जानकारीहरू प्रदान गरिएका थिए। साथै, बैंक र वित्तीय संस्थासँग सम्बन्धित एक अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरियो जसले सहभागीहरूलाई बैंकिङ सेवाहरू र वित्तीय संस्थाहरूका बारेमा आवश्यक जानकारी दिन मद्दत पुर्यायो।
यस कार्यक्रमको मुख्य उद्देश्य कृषक समुदायलाई वित्तीय साक्षरता अभिवृद्धि गर्नु र उनीहरूलाई वित्तीय सेवाको महत्व र उपयोगिताबारे सचेत पार्नु थियो।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ
वि.सं.२०८१ माघ २४ बिहीवार १७:२४ मा प्रकाशित