back
NMB Ad

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३४.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड १२ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४१.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड २० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८६२.६५ प्रतिशत, कुल आम्दानी २३.७७ प्रतिशत बढेको छ। यस अवधिसम्ममा कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ३६.८६ प्रतिशत घटेको छ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ६० पैसा बढेर १० रुपैयाँ ९ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.६५ गुणा रहेको छ।

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५२ मा प्रकाशित

You can share this post!

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:३३

काठमाडौं। साताको पाचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित...

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१३

वीरगञ्ज (पर्सा) : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड...

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:०७

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु...