
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.०१ प्रतिशत बढेको छ भने कुल खर्च १.०९ प्रतिशत घटेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १२३ रुपैयाँ ३४ पैसा बढेर १ हजार ३७ रुपैयाँ ५७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२७ गुणा रहेको छ।
वि.सं.२०८१ माघ २५ शुक्रवार ११:०८ मा प्रकाशित