back
NMB Ad

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश   

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ ।

स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९०औँ बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा लिली थापाले सो विषय प्रवेश गराउनुभएको हो ।

उहाँले सीमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पु¥याउन चुनौती रहेको उल्लेख गर्दै सो महासन्धिमा भएका प्रावधानलाई कार्यान्वयन गरी थप प्रगति हासिल गर्न नेपाल सरकारसँगसमेत आग्रह गर्नुभयो ।

आयोगकी सदस्य डा थापाले नेपालमा महिला अधिकारको प्रवद्र्धनमा भएको प्रगतिलाई सकारात्मक मूल्याङ्कन गर्दै कानुनी संरचनामा अझै सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
आमाको नामबाट नागरिकता प्राप्त गर्न अझै जटिलता रहेको जनाउँदै विधवा महिलाको सामाजिक न्यायको संवैधानिक हक प्राप्तिमा चुनौती रहेको र एकल महिला सुरक्षाकोष स्थानीयकरण तथा कार्यान्वयन हुन नसकेकाले अधिकांश एकल महिला सुरक्षाकोषबाट सहयोग लिन वञ्चित भएको विषयवस्तु उजागर गरी विश्व समुदायको ध्यानाकर्षण गरको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, एकल महिला सुरक्षाकोषको यथाशीघ्र कार्यान्वयनका लागि राज्य गम्भीर हुनुपर्ने विषय बैठकसहित मुलुकका विभिन्न जातजाति, क्षेत्र, वर्ग, लिङ्गलगायतका क्षेत्रमा हुने गरेका सबै प्रकारका विभेद अन्त्यका लागि व्यवस्था गरिएका संवैधानिक प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुपर्ने मुद्दा उठाइको उहाँले बताउनभयो ।

एकल महिला समूहले करिब तीन दशकदेखि नेपालमा एकल महिलाको हकअधिकार, न्याय, सहभागिता अभिवृद्धि, लैङ्गिक समानता, मानवअधिकार, शान्ति तथा न्याय र मानवीय सहयोगको क्षेत्रमा काम गर्दै आएको मानव अधिकारका लागि महिला, एकल महिला समूहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४१ मा प्रकाशित

You can share this post!

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:४३

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...