back
NMB Ad

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग   

काठमाडौँ : दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई ७५३ वटै स्थानीय तहका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाइनुपर्नेमा कर्मचारी सङ्गठनले जोड दिएको छ । दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले यस्तो माग गरेको हो ।

सङ्गठनले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी हाल आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै गएकाले दूध तथा दुग्ध पदार्थको मौज्दात बढ्दै गएर समस्या आएकाले यस्तो व्यवस्था गर्न माग गरेको हो । ७५३ वटा स्थानीय तहका छ हजार ७४३ वटै वडामा ‘बसालौँ दूध तथा दुग्ध पदार्थ उपभोगको संस्कृति, ग्रामीण जनजीवनको उन्नति, राष्ट्रको प्रगति’ भन्ने मूल नाराका साथ राजनीतिक दल, सामाजिक सङ्घ, संस्था, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा संस्थानका दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ । कार्यक्रममा खाजा तथा चिसो पेयका ठाउँमा दूध तथा दुग्धजन्य पदार्थ नै उपयोगको व्यवस्था गर्न पनि माग गरिएको सङ्गठनका अध्यक्ष सहदेव अर्यालले बताउनुभयो ।

यसबाट संस्थानको वर्तमान आर्थिक सङ्कटबाट मुक्तिका लागि सहयोग मिल्ने उहाँको भनाइ छ । यसले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन र किसानको जीवनस्तर उकास्न पनि सहयोग मिल्ने आशा गरिएको छ । संस्थानले ४७ जिल्लामा आठ वटा दुग्ध वितरण आयोजनाका ६४ वटा दूध चिस्याउने केन्द्र र १६ चिज तथा पनिर उत्पादन केन्द्रबाट उत्पादन गरिएका दूध तथा दुग्ध पदार्थहरुको बजारीकरण गरी दैनिक ग्रामीण किसानहरुसम्म रु एक करोड वार्षिक रुपमा रु चार अर्ब भन्दा बढी नगद प्रवाह गरिरहेको छ । यसले देशमा स्वरोजगार उन्मुख ग्रामीण अर्थतन्त्र विकास भूमिका खेलेको छ ।

वि.सं.२०८१ माघ २६ शनिवार ०६:४५ मा प्रकाशित

You can share this post!

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:३३

काठमाडौं। साताको पाचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित...