back
NMB Ad

सरोकारवालासँग छलफल नै नगरी निर्देशिका परिवर्तन, बार्षिक अर्बौं राजस्व योगदान गर्ने उद्योग संकटमा

काठमाडौँ । सरकारको निर्णयले बार्षिक ५ हजार करोड राजस्व योगदान गर्ने उद्योग संकटमा पर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले हाल जारी रहेको निर्देशिका संशोधन गर्दै सुर्तिजन्य पदार्थको प्याकेटमा सतप्रतिशत चेतावनीमुलक सन्देश र चित्र छाप्नुपर्ने व्यवस्था गरेपछि स्वदेशी चुरोट लगायत सुर्तिजन्य उद्योग संकटमा पर्ने देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले, २०७१ मा जारी भए पनि गत वर्ष देखी मात्र लागु भएको सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल , प्याकेजिङ्गमा चेतावनिमुलक सन्देश र चित्र छाप्ने तथा अन्कित गर्ने निर्देशिका, २०७१ लाई खारेज गरी नयाँ निर्देशिका जारी गरेको छ । हाल कै ९० प्रतिशत निर्देशिका पूर्ण रुपमा कार्यन्वयन नभइसकेको अवस्थामा भाद्र, २०८२ देखि लागु हुने गरी नयाँ निर्देशिका जारी गरेको छ ।

लाखौलाई रोजगारी दिएको र नेपालमा नेपालको उत्पादनमुलक उद्योगको क्षेत्रमा उल्लेखनिय योगदान गर्दै देशको राजस्वमा ५ हजार करोड भन्दा बढी योगदान गरिरहेको क्षेत्रमा सरकारको यो निर्णयले नकारात्मक असर पर्ने भएपछि उद्योगीहरु चिन्तित बनेका हुन् ।

एक बर्षअगाडी नै ९० प्रतिशत गरिएको निर्देशका एक बर्ष नपुग्दै १०० प्रतिशत गरिनुमा केहि एनजीयोहरुको प्रभावमा सरकार परेको आशंका गरिएको छ ।

देशको सिंगो अर्थतन्त्र नै अप्ठ्यारो अवस्थामा रहेको बेला सरकारले सरोकारवालाहरुसँग छलफल समेत नगरी निर्देशिका परिवर्तन गर्दा उद्योगको उत्पादन प्रकृया मै असर गर्ने र यो व्यवस्थाले उद्योगीको मनोबल गिराउने मात्र होइन विदेशी लगानीकर्तामा पनि नराम्रो सन्देश जाने उद्योगीको जिकिर छ ।

साथै व्यवसायीहरुले स्थानीय उत्पादनलाई हतोत्साही गरेर अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई नेपालमा छिराउने षड्यन्त्र त् होइन भन्दै आशंका गरेका छन् ।

यसअघि पनि विदेशी सहयोग लिएर नेपाली चुरोट तथा सुर्ती उद्योगविरुद्ध लबी गर्ने , मुद्धा हाल्ने गरिरहेका संस्थाले विदेशबाट आयातित भेप, इसिगरेटलगायतको विरोधमा एक शब्द नबोल्नुले शंका अझ बढेको उद्योगीहरु बताउछन् ।

यस पटक निर्देशिका परिवर्तन गर्दा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले लोकप्रियतालाई मात्र ध्यानमा राखेर निर्णय गरेको देखिएको छ । सुर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण नियमावलीमा उद्योग विभागको माध्यामबाट लागु गरिने कानुनी प्रावधान भएपनि निर्देशिका परिवर्तन गर्दा उद्योग विभागलाई समेत परामर्श नगरिएको देखिएको छ । अहिले सरोकारवाला र उद्योगको नियामक निकायसँग छलफल नै नगरि जारी गरिएको निर्देशिका कसरी कार्यन्वयन होला ? भन्ने प्रश्न समेत उठेको छ ।

यसअघि बजेटको समयमा पनि बजेटमा सुर्तीजन्य पदार्थमा बजेट बढाउन एक्सन नेपाल लगायत एनजियोले मिडियामा क्याम्पेननै गरेर लबिङ गरेका थिए ।

वि.सं.२०८१ माघ २६ शनिवार ०७:४५ मा प्रकाशित

You can share this post!

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:४३

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...