back
NMB Ad

अब रारामा पर्यटक प्रहरी रहने   

मुगु : रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्टटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो ।

पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ । सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने तथा नगरपालिकासँग सहकार्य र समन्वय गरी पर्यटकलाई कामकाजमा खटाउने उल्लेख गरेको छ ।

छायानाथ राराले रारामा पर्यटक प्रहरीलाई बस्नका लागि घर, खानेपानी, बिजुलीलगायत आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित वातावरण निर्माण गर्नुपर्ने जनाइएको छ । मुगुमा रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थल, हिमाल, गुफा रहेका छन् । जङ्गलका बीचमा रहेका यी स्थानमा यहाँ आएका पर्यटक एग्लै घुम्न डराउने गर्छन् ।

अब पर्यटक प्रहरी राखिए सुरक्षित महसुस गरी पर्यटक स्वतन्त्र रूपमा यी पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछन् भने पर्यटकको रारा बसाइ पनि लम्बिने छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही भन्नुहुन्छ, “पर्यटकको बसाइ लम्बिनेबित्तिकै स्थानीय जनताको आथिक स्थितिमा पनि सुधार आउनेछ ।”

पर्यटक प्रहरीलाई राख्ने स्थानको छनोट, घर, खानेपानी, बिजुली र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफूहरु लागिरहेको नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो ।

वि.सं.२०८१ माघ २७ आइतवार १२:०६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५६

काठमाडौँ : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे...

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५१

काठमाडौँ : चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि...

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:४१

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि...

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:३३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज कुन राशिको कस्तो छ ? हेर्नुहोस् राशिफल

आज कुन राशिको कस्तो छ ? हेर्नुहोस् राशिफल

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:२९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

वि.सं.२०८१ फागुन २६ सोमवार २१:२९

गैंडाकोट : नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प...