
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको हो । उक्त दिन बजार ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ । उक्त दिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ माघ २७ आइतवार १५:११ मा प्रकाशित