
काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन तोलाको १४०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६९ हजार ६०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ १५ रुपैंयाले घटेको छ । आज चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ माघ २८ सोमवार १०:४० मा प्रकाशित