back
NMB Ad

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा ३० प्रतिशतसम्म छुट 

काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावन प्रा. लि. मा आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।  होटल वृन्दावन प्रा. लि. पर्सा जिल्लाको बिरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ ।
सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावन प्रा. लि. का बिभिन्न सेवा तथा सुबिधाहरुमा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । होटल वृन्दावन प्रा. लि. को विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहक महानुभावहरुले खानाका परिकार तथा पेय पदार्थहरुमा १० प्रतिशत साथै होटल कोठाहरुको शुल्कमा ३० प्रतिशत छुट लिन सक्ने छन् ।
सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक श्री कृष्ण कुमार महतो र होटल वृन्दावन प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री पप्पु सराफ ले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०८१ माघ २८ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
समस्याको चाङमा अटोबजार

समस्याको चाङमा अटोबजार

वि.सं.२०८१ फागुन २८ बुधवार १६:०५

आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल समग्र...

नेपालको बैंकिङ इतिहास र आजको संकट

नेपालको बैंकिङ इतिहास र आजको संकट

वि.सं.२०८१ फागुन २८ बुधवार १५:४१

पृष्ठभूमि सरकारी बैंक स्थापनालाई आधार वर्षको रुपमा हेर्ने हो भने...

छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:३९

काठमाडौं । आज फागुन २८ गते, बुधबार, साल्ट ट्रेडिङ्ग कर्पोरेशन...

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२५

जेद्दा, साउदी अरब : मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र...

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२१

भीष्मराज ओझा,  काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:१२

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...