
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो गिरावट आएको हो । उक्त दिन बजार १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा पनि गार्डियन माइक्रो लाइफ र न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ माघ २८ सोमवार १५:१३ मा प्रकाशित