back
NMB Ad

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा, यस्ता छन् उदेश्य

जनकपुर : रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा, हालै रोयल इनफिल्ड महा राइड सम्पन्न गरिएको छ । यो एतिहासिक राईड, जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको यो यात्रा सिन्धुलीसम्म पुर्याइयो । यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको थियो ।

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो । बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् बिशाल हुन पुग्यो । थप राईडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो ।

कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव श्री रन्जित यादव ले गरेका थिए । साथै कार्यक्रमको झण्डोत्तोलन ९ँीब्न् इँँ० अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्का द्वारा गरिएको थियो । सचिव श्री रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए । यातायात मन्त्रालयका सचिव श्री रन्जित यादवज्यू लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।

रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवद्र्धन पनि गर्न चाहन्थे ।

यस यात्राको मुख्य उद्देश्य निम्न सन्देश प्रवाह गर्नु रहेको थियो ।
आन्तरिक पर्यटन प्रवद्र्धन :
“घुमौ मधेश, बुझौँ मधेश ’’ क्याम्पियनलाई सफल बनाउन सहयोग पु¥याउने । नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसर ।

सडक सुरक्षा प्रोत्साहन : अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्नु ।
राइडर समुदाय बलियो बनाउने प्रयास : समान रुचि भएका व्यक्तिहरूलाई एकिकृत गराउने र भातृत्व बिकास ।

रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको छ । यस्तो कार्यक्रमहरूले देशका विभिन्न सुन्दर गन्तव्यहरूलाई पर्यटन केन्द्र बनाउने सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ ।

वि.सं.२०८१ माघ २८ सोमवार १७:०९ मा प्रकाशित

You can share this post!

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:४३

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...