back
NMB Ad

आजको मौसमः देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम   

काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

वि.सं.२०८१ माघ ३० बुधवार ०६:४७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बीमा दाबी सुनुवाइलाई प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरणमा ईजलास सञ्चालन

बीमा दाबी सुनुवाइलाई प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरणमा ईजलास सञ्चालन

वि.सं.२०८१ फागुन २९ बिहीवार ०९:५१

काठमाडौँ  – बीमितहरूका उजुरीहरूलाई थप व्यवस्थित रूपमा सम्बोधन गर्न नेपाल...

समृद्धि फाइनान्स नारायणगढ शाखाको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

समृद्धि फाइनान्स नारायणगढ शाखाको चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ फागुन २९ बिहीवार ०९:४२

नारायणगढ – समृद्धि फाइनान्सको नारायणगढ शाखाले आफ्नो चौथो वार्षिकोत्सव भव्य...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

वि.सं.२०८१ फागुन २९ बिहीवार ०९:०९

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

ऊर्जाको विकास, देशको सर्वांगीण विकास

ऊर्जाको विकास, देशको सर्वांगीण विकास

वि.सं.२०८१ फागुन २९ बिहीवार ०८:५३

गणेश कार्की अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) नेपालको...

ग्लोबल आइएमई बैंकद्वारा वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्क भुक्तानीमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकद्वारा वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्क भुक्तानीमा ५० प्रतिशत छुट

वि.सं.२०८१ फागुन २९ बिहीवार ०८:४०

काठमाडौं  – वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि अनलाइन भुक्तानी...

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्दै एनएसएल सिजन ३ मा प्रवेश

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्दै एनएसएल सिजन ३ मा प्रवेश

वि.सं.२०८१ फागुन २९ बिहीवार ०८:३२

काठमाडौं – यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड नेपाल सुपर लिग...