back
NMB Ad

वाणिज्य बैंकहरुको फागुन महिनाको लागि ब्याजदर तोकियो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर तोकेका छन् । २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदरको सुचना अनुसार अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ। २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो।

फागुन महिनाका लागि २ बैंकहरुले भने ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएका हुन्।

नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशत तोकेको छ । कृषि विकास बैंकले ५.५१ प्रतिशत निर्धारण गरेको छ।

एनआईसी एशिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । पुस महिनामा संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६।२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको छ ।

वि.सं.२०८१ माघ ३० बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस दिने, नगद कति ?

नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस दिने, नगद कति ?

वि.सं.२०८१ फागुन २५ आइतवार १०:३१

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ फागुन २५ आइतवार ०७:०१

काठमाडौं । आज फागुन २५ गते, आइतबार, सानिमा रिलायन्स लाइफ...

बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई लक्षित सम्मेलन सम्पन्न

बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई लक्षित सम्मेलन सम्पन्न

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:५५

काठमाडौं : नेपालका लागि क्याटरपिलर हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता बतास...

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म   

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म   

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:४२

इलाम : सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु...

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड   

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड   

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:३६

काठमाडौँ : शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र...

आजको लागि विदेशी मुद्राको विनिमयदर,  कुन देशको  कति ?    

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?    

वि.सं.२०८१ फागुन २५ आइतवार ०६:२३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...