back
NMB Ad

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

टोकियो :  जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको शुल्कबाट छुट पाउन अनुरोध गरेको टोकियोका शीर्ष सरकारी प्रवक्ताले बताएका छन् ।

ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । यसले क्यानाडा, मेक्सिको र युरोपेली सङ्घ (इयु) लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।

“हामीलाई स्टिल र एलुमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ… हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ”, प्रवक्ता योशिमासा हायासीले पत्रकारहरूलाई भन्नुभयो ।

उहाँका अनुसार यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको थियो ।  “जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ”, उहाँले भन्नुभयो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाउनुभएको थियो ।

तर उहाँका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिनुभएको थियो । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टिल अमेरिकामा निर्यात गर्न दिन्थ्यो ।

“ट्यारिफ कोटा भनिने उक्त छुटलाई ‘खारेज गरिनेछ’”, व्यापार मन्त्रालयका एक अधिकारीले भन्नुभयो ।

ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र एलुमिनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ ।    रासस/एएफपी

वि.सं.२०८१ माघ ३० बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत ११ सोमवार १४:१३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८२ सालको क्यालेन्डर सार्वजनिक...

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १४:०८

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२५ को...

नेपाल एसबिआई बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

नेपाल एसबिआई बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

वि.सं.२०८१ चैत ११ सोमवार १३:५७

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १३:४३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विक २०२४...

बाथरोग : लक्षण, उपचार र डाक्टरको महत्त्वपूर्ण सल्लाह

बाथरोग : लक्षण, उपचार र डाक्टरको महत्त्वपूर्ण सल्लाह

वि.सं.२०८१ चैत ११ सोमवार ११:१७

डा. कल्पना पुडासैनी बाथरोग एक दीर्घ रोग हो र यो...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत ११ सोमवार ११:०८

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ ।...