back
NMB Ad

स्कुलबस दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते   

काठमाडौँ : काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन् भने दुई जनाकाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ । उनीहरुमध्ये चार जनाकाे शंखरापुर अस्पताल र अरु दुई जनाकाे नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वि.सं.२०८१ माघ ३० बुधवार २०:३४ मा प्रकाशित

You can share this post!

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:४३

मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ चैत १४ बिहीवार १२:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

यी दुई कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२८

काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स ले...

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

डोङफेङ नामी ईभी अब मात्र ५ लाख ९९ हजार डाउनपेमेन्टमा, सजिलो फाइनान्सिङ अफर

वि.सं.२०८१ चैत १४ बिहीवार १२:२०

काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै डोङफेङ...

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...