
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस बापतको १ करोड ९८ लाख ७० हजार ८२३.८६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८१ फागुन ४ आइतवार १५:५८ मा प्रकाशित