back
NMB Ad

परराष्ट्रमन्त्री देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा–दुबई उडानका लागि आग्रह   

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागी हुन ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । भेटका क्रममा उहाँहरुबीच नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।

त्यसअवसरमा मन्त्री डा देउवाले नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

उहाँहरुबीच दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो ।

मन्त्री डा देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा युएइको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ । मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

मन्त्री डा देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी ‘मे’ मा काठमाडौँमा सगरमाथा संवाद आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनबारे केन्द्रित हुने सो संवादमा भाग लिन युएइलाई पनि आमन्त्रण गर्नुभयो ।

वि.सं.२०८१ फागुन ४ आइतवार २०:१३ मा प्रकाशित

You can share this post!

तीन दलका शीर्ष नेताबीच छलफल   

तीन दलका शीर्ष नेताबीच छलफल   

वि.सं.२०८१ चैत ११ सोमवार १७:१६

काठमाडौँ : तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा...

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

नेपालमा बीमाङ्कीय विज्ञता प्रवर्द्धनका लागि अन्तर्क्रिया सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १७:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था...

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीक २०२५ः लुम्बिनी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार १६:५१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी वीकको अवसरमा...

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ चैत ११ सोमवार १६:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप एक कम्पनीको...

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ४६ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ चैत ११ सोमवार १६:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दुई कम्पनीको बोनस...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ चैत ११ सोमवार १५:१६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...