
काठमाडौं : नेपालका लागि क्याटरपिलर हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता बतास ट्रयाक्टर्स प्रा.लिले हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई लक्षित गर्दै एक भव्य ग्राहक सम्मेलन आयोजना गरेको छ। फागुन २३ गते काठमाडौंस्थित याक एण्ड यति होटलमा सम्पन्न उक्त सम्मेलनमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी सम्मानित ग्राहकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा क्याटरपिलर मेशिनरीहरूको अद्वितीय क्षमता, हाइड्रो परियोजनाहरूमा यसको दक्षता, नवीनता र प्रभावकारिताका विषयमा विशेष प्रदर्शन गरिएको थियो। नेपालका हाइड्रो सेगमेन्टमा क्याटरपिलर मेशिनरी अग्रणी स्थानमा रहेको उल्लेख गर्दै गेनवेल कमोशेल्स ईण्डियाका CI प्रमुख दीपक जोलीले सम्पूर्ण ग्राहकहरूको विश्वास र समर्थनका लागि आभार व्यक्त गरे।
बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्लले ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम प्रगतिहरू प्रस्तुत गर्न कम्पनी सदैव तत्पर रहेको बताए। यसै क्रममा हालै क्याटरपिलर मेशिनरी खरिद गरेका प्रतिष्ठित कम्पनीहरू – हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण समारोह पनि आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक GC Series मेशिनरीको प्रदर्शन रह्यो। गेनवेल कमोशेल्स ईण्डियाका सेल्स हेड आनन्द झाले 320D3 GC, २०–टन, २३–टन, र २५–टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर लगायतका मोडेलहरूको प्राविधिक विशेषता तथा लागत दक्षता सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरे। साथै, गेनवेल कमोशेल्स ईण्डियाका बिक्री तथा प्रबन्ध निर्देशक मुकुल दिक्षितले GC Series मेशिनरीले हाइड्रोपावर क्षेत्रमा नवीनता र दक्षता ल्याउने विश्वास व्यक्त गर्दै यसले भारतको हेभी इक्विपमेन्ट उद्योगमा समेत क्रान्तिकारी परिवर्तन ल्याइसकेको उल्लेख गरे।
क्याटरपिलर मेशिनरीका लागि २४ सै घण्टा सर्भिस तथा स्पेयर पार्ट्स समर्थन उपलब्ध रहेको बताउँदै सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका प्रतिनिधिले दुर्गम स्थानहरूमा मेशिनरीको सहज पहुँचका लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफ्टिङजस्ता उन्नत समाधानहरूसमेत प्रदान गरिएको जानकारी दिए।
कार्यक्रमको समापनमा बतास ट्रयाक्टर्सका प्रबन्ध निर्देशक शान्त राज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला भएको उल्लेख गर्दै क्याटरपिलर मेशिनरी हाइड्रोपावर परियोजनाहरूका चुनौतीहरू समाधान गर्न उपयुक्त रहेको बताए। साथै, न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न ‘कस्टमर सर्भिस एग्रिमेन्ट’ गर्न आग्रह गर्दै सहभागीहरूप्रति आभार व्यक्त गर्दै सम्मेलन समापन गरिएको थियो।
वि.सं.२०८१ फागुन २५ आइतवार ०६:५५ मा प्रकाशित