back
NMB Ad

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विशिष्ट महिलाहरू सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका नेपाली महिलाहरूलाई सम्मान गरेको छ। “सबै महिला र चेलीबेटीहरूको लागि: अधिकार, समानता, र सशक्तिकरण” भन्ने नाराका साथ आयोजित कार्यक्रममा उनीहरूको मेहनत, उपलब्धि, र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

सम्मान समारोहमा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशीष गौचन तथा संचालन विभाग प्रमुख बसन्ता उपाध्यायले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महिलाहरूलाई सम्मान गरेका थिए।

प्रभु क्यापिटलले सम्मानित गर्ने व्यक्तित्वहरूमा पूर्व मिस नेपाल तथा कर्पोरेट प्रशिक्षक सुगारिका के.सी., मिडिया पर्सनालिटी तथा उद्यमी सरिता ज्ञवाली, अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवाल, पहिलो नेपाली ओलम्पिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन, २०२४ मा फोर्ब्सको प्रभावशाली युवा सूचीमा सूचीकृत ‘ह्याप्पी माइन्ड्स’ संस्थापक श्रेया गिरी, उद्यमी एवं ‘आमाको अचार’ की संस्थापक सङ्गीता पाण्डे, प्रविधि व्यवसायी सोनिका मानन्धर, तथा नेपाल महिला उद्यमी संघ ललितपुरकी नि. अध्यक्ष रम्भा श्रेष्ठ रहेका छन्।

हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ। यस अवसरमा महिलाहरूको उपलब्धि र योगदानलाई सम्मान गर्नुका साथै शिक्षा, रोजगारी, नेतृत्वमा उनीहरूको पहुँच बढाउने, आर्थिक सशक्तिकरणलाई प्रवद्र्धन गर्ने, तथा भेदभाव र हिंसा विरुद्ध आवाज उठाउने उद्देश्य राखिन्छ।

प्रभु क्यापिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पूँजी बजारसम्बन्धी सचेतना कार्यक्रम, तालिम तथा महिला सशक्तिकरणका लागि विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको छ। महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले कम्पनीले ‘प्रभु ऐश्वर्या योजना’ समेत सञ्चालनमा ल्याएको छ। प्रभु क्यापिटल मर्चेन्ट बैंकिङ सेवाका साथै शेयर लगानी व्यवस्थापन तथा लगानी विविधिकरणका क्षेत्रमा समेत क्रियाशील रहेको छ।

वि.सं.२०८१ फागुन २५ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५९

म्याग्दी : सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र...

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५४

झापा : काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:४९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:४०

सिरहा : सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२७

 काठमाडौँ  : हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको...

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२२

दमौली (तनहुँ)  : मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...