back
NMB Ad

इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार   

तेहरान  :  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गर्नुभएको छ ।

शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उहाँले अमेरिकाको नाम उल्लेख गर्नुभएन तर ‘धम्की दिने सरकार’ वार्ताका लागि आफ्नो प्रयासमा दृढ रहिरहेको बताउनुभयो ।

“उनीहरूको वार्ताको उद्देश्य समस्याहरू समाधान गर्नु होइन, यो … हामी जे चाहन्छौँ त्यो टेबलको विपरीत पक्षमा बसेको अर्को पक्षमाथि थोप्न कुरा गरौँ भन्ने हो”, उहाँले भन्नुभयो ।

खामेनीको यो टिप्पणी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई तेहरानको तीव्र गतिमा अघि बढिरहेको आणविक कार्यक्रमलाई नियन्त्रण गर्न र आफ्नो पहिलो कार्यकालमा अमेरिकाले फिर्ता लिएको आणविक सम्झौता प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा पत्र पठाएको स्वीकार गरेको एक दिनपछि आएको हो ।

अमेरिकी मागहरू सैन्य र इरानको क्षेत्रीय प्रभावसँग सम्बन्धित हुने खामेनीले बताउनुभयो ।

“ती रक्षा क्षमताहरू, देशको अन्तर्राष्ट्रिय क्षमताहरूको बारेमा हुनेछन् । (उनीहरूले इरानलाई) केही (निश्चित) कामहरू नगर्न, केही निश्चित मानिसहरूलाई नभेट्न, कुनै निश्चित स्थानमा नजान, केही वस्तुहरू उत्पादन नगर्न, तपाईंको क्षेप्यास्त्र सीमा निश्चित दूरीभन्दा बढी हुनुहुँदैन भनेर आग्रह गर्नेछन् । के कसैले यी कुराहरू स्वीकार गर्न सम्भव छ ?“, उहाँले भन्नुभयो ।

सबै राज्य मामिलाहरूमा अन्तिम कुरा गर्ने खामेनीले त्यस्ता वार्ताहरूले इरान र पश्चिमबीचका समस्याहरू समाधान नगर्ने बताउनुभयो । उहाँले कुनै व्यक्ति वा देशको नाम लिनुभएन तर वार्ताको दबाबले जनमतमा इरानमाथि दबाब सिर्जना गरेको बताउनुभयो । “यो वार्ता होइन । यो आदेश र थोपर्ने काम हो”, उहाँले भन्नुभयो ।

शुक्रबार ओभल अफिसमा पत्रकारहरूलाई दिएको टिप्पणीमा ट्रम्पले पत्रको बारेमा प्रत्यक्ष रूपमा उल्लेख गर्नुभएन तर उहाँले सम्भावित सैन्य कारबाहीतर्फ सङ्केत गर्दै भन्नुभयो, “हामीसँग इरानसँग यस्तो अवस्था छ, केही चाँडै हुन गइरहेको छ । धेरै चाँडै ।”

उहाँको प्रस्ताव इजरायल र अमेरिका दुवैले इरानलाई आणविक हतियार हासिल गर्न कहिल्यै नदिने चेतावनी दिएको बेला आएको छ । तेहरानले लगभग हतियारको ग्रेडको स्तरमा युरेनियम समृद्ध गरिरहेको बेला सैन्य सङ्घर्षको डर बढाएको छ – यो आणविक हतियारले सुसज्जित राष्ट्रहरूले मात्र गर्छन् ।

तेहरानले लामो समयदेखि आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ । यद्यपि इरानका अधिकारीहरूले अमेरिकासँग प्रतिबन्धहरू र इजरायलसँग गाजा पट्टीमा हमासविरुद्धको युद्धमा अस्थिर युद्धविराम कायम रहेको बेला तनाव उच्च रहेको अवस्थामा बम बनाउने धम्की दिइरहेका छन् ।

इरानको हतियार–ग्रेड युरेनियमको द्रुत उत्पादनले ट्रम्पमाथि थप दबाब दिन्छ । उहाँले बारम्बार आफू इरानसँग वार्ताका लागि खुला रहेको बताउँदै आउनुभएको छ । यद्यपि उहाँले आफ्नो पुनः लागू गरिएको ‘अधिकतम दबाब’ नीतिको एक हिस्साका रूपमा इरानको तेल बिक्रीलाई बढ्दो रूपमा लक्षित गर्दै प्रतिबन्धहरू लगाइरहनुभएको छ ।

अगस्टको अन्त्यमा ‘शत्रु’ सँग संलग्न हुन ‘कुनै हानि छैन’ भन्दै खामेनीले एक भाषणमा अमेरिकासँग सम्भावित वार्ताको ढोका खोल्नुभएको थियो । यद्यपि ट्रम्पले तेहरानसँग आणविक वार्ता गर्ने कुरा उठाएपछि खामेनीले अमेरिकासँगको वार्ता ‘बुद्धिमानी, विवेकपूर्ण वा सम्मानजनक छैन’ भन्दै त्यसलाई कम गर्नुभएको छ ।    रासस/एपी

वि.सं.२०८१ फागुन २५ आइतवार १२:५१ मा प्रकाशित

You can share this post!

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१७

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास...

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१०

रामहरि न्यौपाने त्रिशूली (नुवाकोट) : गोरखा भूकम्पको १० वर्षपछि पनि...

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:०२

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि सिंहदरबार पुगेको...

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:५४

चितवन : साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर...

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:०८

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलनलाई लिएर...

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १३:५८

काठमाडौँ : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको...