
काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउमा सामान्य वृद्धि भएको छ । उक्त दिन सुनको भाउ आज प्रतितोला १०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ७० हजार ४०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ फागुन २६ सोमवार १०:३४ मा प्रकाशित