
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार फागुन २५ गते साँझ ५ बजेसम्म उक्त पदका लागि आवेदन प्राप्त भएको हो।
आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल, नारद कुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईं, बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल र मुकुन्द राज जोशी रहेका छन्।
यसअघि सीईओका रूपमा रहेका कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएपछि सरकारले नयाँ सीईओ नियुक्त गर्न प्रक्रिया अघि बढाएको हो। सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवश्यक मूल्यांकनपछि उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्नेछ।
वि.सं.२०८१ फागुन २६ सोमवार १०:४३ मा प्रकाशित