
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ अवसर प्रदान गर्दै काठमाडौंको नयाँबजारस्थित डेकोर प्यालेस सँग विशेष सम्झौता गरेको छ। यस सम्झौतासँगै, अब बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
डेकोर प्यालेसमा घर र अफिसका लागि आवश्यक सम्पूर्ण फर्निचर, सोफा, कार्पेट, र अन्य गुणस्तरीय सामाग्री उपलब्ध छन्। यस सुविधाले बैंकका ग्राहकहरूलाई सजिलो र सस्तो मूल्यमा आफ्नो घर तथा अफिसलाई सजाउनको लागि अवसर प्रदान गर्नेछ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशभरका विभिन्न व्यवसायहरूसँग साझेदारी गर्दै विशेष छुट र सुविधा उपलब्ध गराउँदै आएको छ। यसअघि, बैंकले नगरकोटस्थित प्रचलित रिसोर्टहरू ‘क्लब हिमालयू र ‘होटल हिमालियन भिल्लाू सँग १० प्रतिशतसम्मको छुट सम्झौता गरेको थियो।
यस बैंकले आफ्नो संस्थागत जिम्मेवारी र समाजप्रति उत्तरदायित्वलाई प्राथमिकता दिँदै, दिगो परिवर्तन र समाजको उत्थानमा सक्रिय योगदान गरिरहेको छ। बैंकले नेपाली समाजमा सकारात्मक प्रभाव पार्न र नागरिकको जीवनस्तर उकास्नका लागि निरन्तर काम गर्दै आएको छ।
आर्थिक वर्ष २०२३/२४ मा बैंकले रु. ४० करोड कर तिरेको छ भने, चालु आर्थिक वर्षको पौष मसान्तसम्म रु. १५ करोड कर बुझाइसकेको छ। यस विकास बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आईरहेको छ।
ज्योति विकास बैंकले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई विभिन्न सुविधाहरू र विशेष प्रस्तावहरू प्रदान गर्दै, नेपालको आर्थिक र सामाजिक उत्थानमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
वि.सं.२०८१ फागुन २७ मंगलवार १७:३४ मा प्रकाशित