back
NMB Ad

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, समाधानका उपाय तथा स्वदेशमै सवारी उत्पादनको सम्भावनाबारे छलफल गर्न ‘मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुने भएको छ। अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) बिहान ९ बजे कार्यक्रम आयोजना गर्ने भएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कनक्लेभको उद्घाटन गर्नेछन्।

नेपालको समग्र अटोमोबाइल क्षेत्रका समस्याहरू, समाधानका उपाय तथा स्वदेशी उत्पादनका सम्भावनाहरूलाई लिएर तीन सत्रमा बृहत् छलफल गरिनेछ। पहिलो सत्र बिहान ११ बजे सुरु हुनेछ, जसमा ‘निजी सवारी : आजको आवश्यकता’ विषयमा बहस हुनेछ। यो सत्रमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, अन्तर्राष्ट्रिय व्यापार विशेषज्ञ रवि शंकर सैंजु र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विराज सिंह थापाले आफ्ना धारणा राख्ने छन्। सत्रको सहजीकरण मेरोअटोका सम्पादक सागर गजुरेलले गर्नेछन्।

दोस्रो सत्र दिउँसो १ बजे सुरु हुनेछ, जसमा ‘सार्वजनिक सवारी : समस्या र समाधान’ विषयमा छलफल गरिनेछ। यस सत्रमा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रमेभक्त महर्जन, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्त र सीजी मोटर्सका सीईओ हेमन्त अग्रवाल वक्ताका रूपमा रहनेछन्। यस सत्रको मोडेरेटर आशिष गजुरेल रहनेछन्।

‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयक अन्तिम सत्र दिउँसो ३ः३० बजे सुरु हुनेछ। यो सत्रमा नेकपा एमालेका सांसद योगेश भट्टराई, नेपाली कांग्रेसका सांसद उदय शमशेर राणा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र उद्योग वाणिज्य महासंघका गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले आफ्ना धारणा राख्ने छन्। सत्रको सहजीकरण रुपेश श्रेष्ठले गर्नेछन्।

कनक्लेभको सम्पूर्ण सत्रहरू मेरोअटोको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ। यस कार्यक्रमको प्रमुख साझेदार सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ।

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५९ मा प्रकाशित

You can share this post!

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१७

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास...

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१०

रामहरि न्यौपाने त्रिशूली (नुवाकोट) : गोरखा भूकम्पको १० वर्षपछि पनि...

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:०२

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि सिंहदरबार पुगेको...

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:५४

चितवन : साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर...

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:०८

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलनलाई लिएर...

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १३:५८

काठमाडौँ : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको...