
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मन्त्रिपरिषद्को फागुन २६ गतेको बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा सदस्यहरूका रूपमा योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई छन्।
नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि चैतमा सकिँदै छ। उनको कार्यकाल अन्त्य हुन लागेपछि सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रियालाई तीव्रता दिएको हो। गठित समितिले तीन जनाको नाम सिफारिस गर्नेछ, जसमा अनिवार्य रूपमा एक जना डेपुटी गभर्नरसमेत समेटिनुपर्ने व्यवस्था छ।
वि.सं.२०८१ चैत १ शुक्रवार ०६:५७ मा प्रकाशित