back
NMB Ad

नेप्सेमा २१ अङ्कको गिरावट, विकास बैंक समूह सबैभन्दा बढी प्रभावित

काठमाडौँ : साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ ।

आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ ।

आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८०, वित्त एक दशमलव ३९, होटल तथा पर्यटन शून्य दशमलव ५३, जलविद्युत् एक दशमलव २९, लगानी एक दशमलव ७२, जीवन बीमा एक दशमलव ०६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ७२ र अन्य समूह एक दशमलव ५२ प्रतिशतले घटेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै आठ दशमलव १९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६६ लाख आठ हजार तीन सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।

वि.सं.२०८१ चैत ३ आइतवार १६:२२ मा प्रकाशित

You can share this post!

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च   

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च   

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:४८

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

छुट्ला है, १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:४४

काठमाडौं । आज बैशाख १६ गते, मंगलबार, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको...

लुम्बिनीका विद्युतीय सवारीहरू अनधिकृत प्रयोग र अव्यवस्थाका कारण थन्किए

लुम्बिनीका विद्युतीय सवारीहरू अनधिकृत प्रयोग र अव्यवस्थाका कारण थन्किए

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:३८

लुम्बिनी (मर्चवार) : पर्यटक सेवाको सुधार र हरित यातायात प्रवर्द्धनका...

सरकार–शिक्षक महासङ्घ वार्ता सकारात्मक, चाँडै निष्कर्षमा पुग्ने आशा

सरकार–शिक्षक महासङ्घ वार्ता सकारात्मक, चाँडै निष्कर्षमा पुग्ने आशा

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:३०

काठमाडौँ : सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सोमबार राति...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:१८

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज १६ बैशाख २०८२ मंगलवार, कुन राशिको कस्तो रहला ?

आज १६ बैशाख २०८२ मंगलवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...