back
NMB Ad

विद्यालय शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय

काठमाडौँ : सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार साँझको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेकोे विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसद्को बैठक आह्वान गरेको स्पष्ट पारेको छ ।

वि.सं.२०८२ वैशाख ३ बुधवार ०६:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:३१

 काठमाडौं। शिक्षक आन्दोलन २६ औं दिनमा आइपुग्दा काठमाडौंको नयाँ बानेश्वर...

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:२२

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान...

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:१२

काठमाडौँ : चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने...

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:०३

तेहरान :  इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि...