back
NMB Ad

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस   

काठमाडौँ : काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो ।

गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थियो ।

कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ ( ०८ः०७ बजे) र (०८ः१० बजे) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई म्यााग्निच्युड र दोस्रो पाँच दशमलव पाँच म्यााग्निच्युडका थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

चैत २० गते दार्चुलामा चार म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर चार दशमलव पाँच म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ ।

वि.सं.२०८२ वैशाख ३ बुधवार ०६:३१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:३१

 काठमाडौं। शिक्षक आन्दोलन २६ औं दिनमा आइपुग्दा काठमाडौंको नयाँ बानेश्वर...

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:२२

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान...

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:१२

काठमाडौँ : चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने...

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:०३

तेहरान :  इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि...