
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले हिमालयन रिइन्स्योरेन्सको ४.५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९३३.६९ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ९७५.७१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१ मा प्रकाशित