back

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

Nepal Bank

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का ९ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। ती निर्णयहरू यस प्रकार छन्:

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसका आधारमा तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यसले आगामी दिनमा आर्थिक पुनरुत्थान र नीतिगत स्थिरता सुनिश्चित गर्न मार्गनिर्देशन गर्नेछ।

बागमती सभ्यता एकीकृत विकास समिति सम्बन्धी आदेशको पाँचौँ संशोधन पनि क्याबिनेटले पारित गरेको छ, जसले समितिको कार्यदायरा र अधिकारलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गतको मेडिकल उपसमूहमा कार्यरत एक महासेनानीको कार्यकाल थप गर्ने निर्णय गरिएको छ।

सहरी विकास मन्त्रालयमार्फत सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा कर्णाली प्रदेश सरकारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरिएको छ।

उद्योगमन्त्री दामोदर भण्डारीलाई जेठ ११ देखि १९ गतेसम्म चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ।

राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९ मा प्रकाशित

You can share this post!

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ५ बिहीवार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार ५ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

स्वस्तिक लघुवित्तले  २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो  अनुमति

स्वस्तिक लघुवित्तले २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार ५ बिहीवार १४:४६

काठमाडौँ : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ)...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

वि.सं.२०८२ असार ५ बिहीवार १३:५९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई काठमाडौं स्थित...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

वि.सं.२०८२ असार ५ बिहीवार १३:२४

याङगुन : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

वि.सं.२०८२ असार ५ बिहीवार १३:१६

काठमाडौँ : मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...