back

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

Nepal Bank

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाएको छ। अर्थ मन्त्रालयका अनुसार हाल बजेटको मस्यौदा तयार पार्ने अन्तिम चरणमा मन्त्रालय जुटिरहेको छ भने नीति निर्माणमा मुलुकको आवश्यकता, जनअपेक्षा तथा प्राप्त सुझावहरूलाई विशेष प्राथमिकता दिइएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकका सीमित साधन-स्रोत, नागरिकको अपेक्षा र विभिन्न सरोकारवाला निकायबाट प्राप्त सुझावलाई समेट्दै बजेट निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा मन्त्रालयको पूरै टोली बजेट निर्माणमा केन्द्रित छ।

बजेटको तयारीका क्रममा अर्थ मन्त्रालयले मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकेको छ। अर्थमन्त्री पौडेलले प्रमुख विपक्षी दलका नेताहरू—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न नेताहरूसँग औपचारिक छलफल गर्नुभएको थियो। साथै पूर्व अर्थमन्त्रीहरू, पूर्व सचिवहरू, आर्थिक विज्ञहरू, निजी क्षेत्रका प्रतिनिधि संस्था—नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससँग पनि व्यापक छलफल गरिएको थियो।

बजेट निर्माण प्रक्रियालाई थप समावेशी बनाउन अर्थ मन्त्रालयले सर्वसाधारणलाई समेत सुझाव दिन खुला आह्वान गरेको थियो। नागरिक, संघसंस्थाका पदाधिकारी तथा जनप्रतिनिधिहरूबाट प्राप्त सुझावहरूलाई समेट्दै बजेटको रूपरेखा तयार पारिँदैछ।

यसैबीच संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सम्पन्न भइसकेको छ। प्रस्तुत प्राथमिकताहरूमा आर्थिक सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको विस्तार, भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षाको सुदृढीकरण लगायतका विषयहरू प्रमुख रहेका छन्।

सरकारले जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण पेश गर्नेछ भने जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरिने छ।

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१ मा प्रकाशित

You can share this post!

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ५ बिहीवार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार ५ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

स्वस्तिक लघुवित्तले  २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो  अनुमति

स्वस्तिक लघुवित्तले २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार ५ बिहीवार १४:४६

काठमाडौँ : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ)...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

वि.सं.२०८२ असार ५ बिहीवार १३:५९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई काठमाडौं स्थित...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

वि.सं.२०८२ असार ५ बिहीवार १३:२४

याङगुन : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

वि.सं.२०८२ असार ५ बिहीवार १३:१६

काठमाडौँ : मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...