
काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन तोलाको ११०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ २० रुपैंयाले घटेको छ । आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८ मा प्रकाशित