back
Kumari Bank

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

Nepal Bank

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालय द्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेको सम्झौता बमोजिम काम सम्पन्न गर्न निर्देशन दिए ।

उनले प्रधानमन्त्रीसँग आफूले र आफू सँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेको सम्झौताको सत प्रतिशत नतिजा दिन निर्देशन दिए । मन्त्री भण्डारीले कतिपय निकायले नीतिगत समस्या वा अन्य बाहान देखाउँदै काममा ढिलासुस्ती गर्ने कुरा अब स्वीकार्य नहुने बताए । उनले भने,“हामीले आर्थिक वर्षको सुरुवातमा जे छलफल ग¥यौँ, त्यसैको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ, ती मध्ये कतिपय कामहरू सम्पन्न पनि भकाएछन् । तर अझै सन्तोष मान्ने धेरै कामहरू अधुरा छन् । ती समयमै पुरा गरेर देखाउनुपर्छ, त्यसमा फेल हुने छुट कसैलाई पनि छैन ।”

मन्त्री भण्डारीले मन्त्रालय मातहत रहेका सबै निकायहरूलाई आजकै मितिबाट कामको गति बढाउन निर्देशन दिए ।

मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद विषय भएको बताए । उनले भने,“हामी कर्मचारीहरूलाई आवश्यक पर्ने सबै चिजहरू हामीसँग हुँदा पनि कहिलेकाहीँ काम गर्न डराउने, रिस्क लिन नसक्ने, समन्वय गर्न नसक्ने लगायतका कमजोरी छन् । समस्याहरू केके हुन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधान सहित परिणाममुखी काममा लागौँ ।”

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पुरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमहरू मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, संस्थानका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रियामा मन्त्रालय मातहतका निकायहरूले आर्थिक वर्षको सुरुवातमा लिएको लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको छ ।

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:४२ मा प्रकाशित

You can share this post!

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त

वि.सं.२०८२ असार ९ सोमवार २०:०३

काठमाडौं। चर्चित कमेडियन सन्दीप क्षेत्री अब ‘रोयल इनफिल्ड नेपाल’को आधिकारिक...

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित   

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित   

वि.सं.२०८२ असार ९ सोमवार १९:५४

कोलम्बो : श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

वि.सं.२०८२ असार ९ सोमवार १९:४६

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग...

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता   

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता   

वि.सं.२०८२ असार ९ सोमवार १८:०२

लुम्बिनी : बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु तीन...

मनसुनमा जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा आवश्यकतानुसार रोक

मनसुनमा जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा आवश्यकतानुसार रोक

वि.सं.२०८२ असार ९ सोमवार १७:५९

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक...

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन   

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन   

वि.सं.२०८२ असार ९ सोमवार १७:५१

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने...