
काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्की जिल्लाको पोखरा–२५ हेमजास्थित श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई उक्त सामग्रीहरू हस्तान्तरण गरे। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइरालासहित बैंक र विद्यालयका अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै समय समयमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकका अधिकारीहरूले शिक्षा पहुँचसँगै विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्न यस्तो पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।
नेपाल एसबिआई बैंकले तीन दशकभन्दा लामो समयदेखि बैंकिङ सेवा दिँदै आएको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान भइरहेको छ।
वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:४९ मा प्रकाशित