
काठमाडौं : नेपाल बैंक लिमिटेडका कर्मचारी र खातावालाहरूले अब सुजुकी ब्रान्डका गाडी खरिद गर्दा विशेष छुट पाउने भएका छन्। उक्त छुटको व्यवस्था नेपाल बैंक लिमिटेड र सुजुकी गाडीका आधिकारिक विक्रेता Nancy Automobiles Pvt. Ltd. बीच भएको सम्झौतापछि लागू गरिएको हो।
सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी तथा खातावालाले Nancy Automobiles Pvt. Ltd. बाट गाडी खरिद गर्दा कम्पनीले नियमितरूपमा दिने छुटबाहेक थप रु. ३०,००० देखि १,७५,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र Nancy Automobiles Pvt. Ltd. का तर्फबाट प्रबन्ध निर्देशक श्री मधुकर शाहले हस्ताक्षर गरेका छन्।
वि.सं.२०८२ जेठ २३ शुक्रवार १४:०४ मा प्रकाशित