back
Kumari Bank

भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार   

पाल्हीनन्दन (नवलपरासी, बसुप) : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछापालन गरी वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गरिरहनुभएको छ ।

भारतको आन्ध्र प्रदेशबाट माछापालनसम्बन्धी तालिममा हासिल गरेको अनुभवको प्रयोग गर्दै उहाँले माछापालन गरेर गाउँमै उदाहरण पेस गर्नुभएको छ ।

सोह्र बिघा जग्गामा २० वटा पोखरी बनाएर व्यावसायिक माछापालन गरिरहेको ४८ वर्षीय यादवले बैखी कार्प माछा पालन गर्नुभएको छ । पोखरीमा रहेका माछालाई चरालगायत कुनै पनि चिजले खान नपाउन् भनेर जाल जाली लगाइएको छ ।

वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य बोकेर एकवा रिसर्च प्रालि र अरुण एकीकृत कृषि फर्म दर्ता गरेर आफूले व्यावसायिक माछापालन गरेको र यसबाट वार्षिक रु एक करोडभन्दा बढी कारोबार गरी राम्रो आम्दानी गरिरहेको बताउनुभयो । पछिल्लो समय भारतबाट अवैध रूपमा माछा ल्याएर भारतीय व्यापारीले सीमा क्षेत्रमा प्रतिकिलो रु १५० का दरले बिक्री गर्न थालेपछि भने समस्या भएको उहाँको भनाइ छ । यस वर्ष माछा उत्पादनसँगै बजारीकरणमा कुनै समस्या नभए लक्ष्यअनुसार नै कारोबार हुने यादवको अपेक्षा छ ।

माछापालन व्यवसाय सुरु गर्नुअघि उहाँले भैँसीपालन गरिरहनुभएको थियो । उहाँसँग ४० वटा भैँसी रहेका थिए । आफू किसानको छोरा भएकाले वैदेशिक रोजगारमा गएर मेहनत गर्नुभन्दा आफ्नै देशमा कृषि कर्म गरेर खानु राम्रो हुने भनेर यसैमा रमाइरहेको बताउने यादव पछिल्लो समय भने माछापालनमा जुटेको बताउनुहुन्छ ।

प्रतापपुर गाउँपालिका–१ का वडाध्यक्ष महेन्द्रबहादुर थारू चौधरीले वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यावसायिक काम गर्नु सराहनीय भएको बताउनुभयो । पालिकाले पनि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनका लागि पहल गरे पनि धेरैले चासो नदिने गरेको उहाँले सुनाउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण चौधरीले जिल्लामा नौ कट्ठाभन्दा बढी जग्गामा १४४ जनाले व्यावसायिक रूपमा माछापालन गरिरहेका बताउनुभयो । माछापालनमा राम्रो सम्भावना भएकाले यसतर्फ व्यावसायिक किसानहरूको आकर्षण बढिरहेको उहाँको भनाइ छ ।

वि.सं.२०८२ जेठ २५ आइतवार २१:२० मा प्रकाशित

You can share this post!

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०८२ असार ३२ बुधवार ०७:०४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ...

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

वि.सं.२०८२ असार ३२ बुधवार ०७:००

काठमाडौँ : मङ्गलम इन्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै...

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५६

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

कुन राशिको कस्तो रहला ?  हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

वि.सं.२०८२ असार ३१ मंगलवार २१:१३

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०८२ असार ३१ मंगलवार २१:०२

काठमाडौँ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य...