back
Kumari Bank

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयर बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेका छन्।

प्रभु बैंकले ९ हजार ८८२ कित्ता र छिमेक लघुवित्तले २ लाख ४४ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन्। कम्पनीले आज (सोमबार) देखि बोलपत्र स्वीकार गर्न सुरु गरेको छ।

प्रभु बैंकको सेयरका लागि न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ र छिमेक लघुवित्तको सेयरका लागि न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकिएको छ।

शेयर खरिदका लागि प्रभु बैंकको हकमा न्यूनतम १ हजार कित्ता र छिमेक लघुवित्तको हकमा न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

बोलपत्र असार १० गतेसम्म बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिनेछ।

बोलपत्रदाताले व्यक्तिको हकमा नागरिकता र संस्थाको हकमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, शेयर खरिदको निर्णयसहितको संचालक समितिको प्रतिलिपि र विगत दुई आर्थिक वर्षदेखि नाफामा रहेको प्रमाणित कागजात संलग्न गर्नु पर्नेछ।

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६ मा प्रकाशित

You can share this post!

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०८२ असार ३२ बुधवार ०७:०४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ...

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

वि.सं.२०८२ असार ३२ बुधवार ०७:००

काठमाडौँ : मङ्गलम इन्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै...

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५६

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

कुन राशिको कस्तो रहला ?  हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

वि.सं.२०८२ असार ३१ मंगलवार २१:१३

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०८२ असार ३१ मंगलवार २१:०२

काठमाडौँ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य...