back
Kumari Bank

त्रिकोणात्मक शृङ्खला: नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ : त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक÷एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । साथै ललितनारायण राजवंशीले एक विकेट लिए । करण केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन् ।

खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भए ।

वि.सं.२०८२ असार ४ बुधवार ०६:१५ मा प्रकाशित

You can share this post!

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०८२ असार ३२ बुधवार ०७:०४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ...

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

वि.सं.२०८२ असार ३२ बुधवार ०७:००

काठमाडौँ : मङ्गलम इन्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै...

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५६

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

कुन राशिको कस्तो रहला ?  हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

वि.सं.२०८२ असार ३१ मंगलवार २१:१३

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०८२ असार ३१ मंगलवार २१:०२

काठमाडौँ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य...