back
SKIPNcell road block
SKIP
Kumari Bank

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन   

रसुवा : रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा रु १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब रु ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उहाँले रु तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताउनुभयो । उहाँका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारीसाधान आयात भएका हुन् ।

सवारीसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको उल्लेख गर्नुभयो । सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

वि.सं.२०८२ असार ४ बुधवार १८:२० मा प्रकाशित

You can share this post!

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

वि.सं.२०८२ असार २९ आइतवार १६:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

वि.सं.२०८२ असार २९ आइतवार १६:२४

काठमाडौं । उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली युवतीबीच आयोजना हुने...

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २९ आइतवार १६:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल इन्स्योरेन्सको बोनस सेयर...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८२ असार २९ आइतवार १५:१२

काठमाडौं । मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ असार २९ आइतवार १५:०६

काठमाडौं । मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान   

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान   

वि.सं.२०८२ असार २९ आइतवार १४:५६

तेहरान  : इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप...