back
SKIPNcell road block
SKIP
Kumari Bank

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा   

काठमाडौँ  : देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ५ गोकुलेश्वर खलङ्गा राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै, वर्षाका कारण अवरुद्ध भएका तीन मुख्य सडक एकतर्फी रूपमा सञ्चालन भएको छ । जुम्ला जिल्लाको जुम्ला–मुगु सडक, गुल्मी जिल्लाको कालिगण्डकी करिडोर र धनकुटा जिल्लाको रवि–राके– भेडेटार सडक एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वि.सं.२०८२ असार ४ बुधवार १८:२४ मा प्रकाशित

You can share this post!

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि किओचलाई १ करोड सहयोग

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि किओचलाई १ करोड सहयोग

वि.सं.२०८२ असार २९ आइतवार १७:५८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य सेवा...

साउन १ देखि सार्वजनिक निकायका सबै भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

साउन १ देखि सार्वजनिक निकायका सबै भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

वि.सं.२०८२ असार २९ आइतवार १७:३५

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने...

सिटिजन्स बैंककी सञ्चालक इला शर्माको निधन

सिटिजन्स बैंककी सञ्चालक इला शर्माको निधन

वि.सं.२०८२ असार २९ आइतवार १७:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिकी सदस्य इला...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

वि.सं.२०८२ असार २९ आइतवार १६:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

वि.सं.२०८२ असार २९ आइतवार १६:२४

काठमाडौं । उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली युवतीबीच आयोजना हुने...

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २९ आइतवार १६:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल इन्स्योरेन्सको बोनस सेयर...