back
Kumari Bank

नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह   

नवलपुर (नवलपरासी)  : निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताउनुभयो । त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गर्नुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उहाँले आग्रह गर्नुभएको छ । त्यस्तै काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गर्नुभयो । त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

वि.सं.२०८२ असार ५ बिहीवार १२:०६ मा प्रकाशित

You can share this post!

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

वि.सं.२०८२ असार ३१ मंगलवार १२:४२

मुस्ताङ : यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा...

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:५०

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट...

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

वि.सं.२०८२ असार ३१ मंगलवार ११:४०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार ३१ मंगलवार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३

भीष्मराज ओझा  काठमाडौँ : परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले...

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

वि.सं.२०८२ असार ३१ मंगलवार ११:०४

काठमाडौं । अब घरमै बसेर पनि प्रोफेशनल सोफा सफाइ सेवा...