
काठमाडौं । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले विशेष प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको यही असार २५ गते काठमाडौँमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ। त्यस्तै, बोनस सेयर वितरण सम्बन्धी प्रस्ताव पनि छलफल र स्वीकृतिका लागि प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र सो आवको वित्तीय विवरणमा समेत छलफल गरी पारित गरिनेछ।
वि.सं.२०८२ असार ५ बिहीवार १२:११ मा प्रकाशित