
काठमाडौं । भेष्पा र अप्रिलिया स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि.ले वर्षा यामलाई लक्षित गर्दै “Monsoon मा 5X मज्जा !!” अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत ग्राहकहरूले स्कूटर खरिदमा रु. ७५,००० सम्मको नगद छुट, १० हजारसम्मको क्यास ब्याक, ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभरजस्ता उपहार प्राप्त गर्न सक्नेछन्। साथै, सवारी कर छुट, न्यूनतम ४.९९% ब्याजदरमा फाइनान्स सुविधा र सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।
ग्राहकहरूले अफरमा सहभागी हुन भेष्पा र अप्रिलियाको आधिकारिक वेबसाइट
vespanepal.com वा aprilianepal.com मा रजिस्ट्रेशन गर्न सक्नेछन्।
डेल्टा अटोकर्पका अनुसार, यो अफर नेपालभर रहेका सबै आधिकारिक शोरूमहरूमा उपलब्ध हुनेछ र सीमित अवधिका लागि मात्र लागू हुनेछ। कम्पनीले गुणस्तरीय सवारीसाधन र आकर्षक योजनामार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको बताएको छ।
वि.सं.२०८२ असार ५ बिहीवार १२:२३ मा प्रकाशित