
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २४.५९ अंकले घटेर २६२९.०८ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २३ करोड ३१ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
बजारमा गिरावट आउँदा पियोर इनर्जी लिमिटेड, रसुवागढी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८२ असार ५ बिहीवार १५:०५ मा प्रकाशित