back
Kumari Bank

आईएमई लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीले अब आमा हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्।

कम्पनीका अनुसार उक्त सुविधा अन्तर्गत क्याबिन बेडमा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत, अन्य हस्पिटल सेवामा २० प्रतिशतसम्म छुट प्राप्त हुनेछ। साथै, आकस्मिक एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिनेछ। यसका साथै, हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतसम्म विशेष छुट दिइने भएको छ।

यो सुविधा लिनका लागि बीमितले ‘IME LIFE Mobile App’ मा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्नेछ। अभिकर्ता तथा कर्मचारीले कम्पनीबाट जारी आधिकारिक परिचयपत्र प्रस्तुत गरी छुट लिन सक्नेछन्।

कम्पनीले यस्ता व्यावसायिक साझेदारीलाई अझ विस्तार गर्दै आफ्ना बीमित, अभिकर्ता र कर्मचारीलाई थप गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराइ सकारात्मक ऊर्जा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०८२ असार ६ शुक्रवार १५:०१ मा प्रकाशित

You can share this post!

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०८२ असार ३२ बुधवार ०७:०४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ...

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

वि.सं.२०८२ असार ३२ बुधवार ०७:००

काठमाडौँ : मङ्गलम इन्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै...

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५६

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

कुन राशिको कस्तो रहला ?  हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

वि.सं.२०८२ असार ३१ मंगलवार २१:१३

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०८२ असार ३१ मंगलवार २१:०२

काठमाडौँ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य...