back
Kumari Bank

नेपाल राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

काठमाडौं : नेपालको वित्तीय क्षेत्रलाई साइबर खतराबाट जोगाउन नेपाल राष्ट्र बैंकका लागि एक नयाँ साइबर सुरक्षा रोडम्याप औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललाई फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (CAN महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीबी अधिकारीले आज यो रणनीतिक खाका हस्तान्तरण गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाहरू (BFIs) मा साइबर सुरक्षालाई मजबुत बनाउन लक्षित यो योजना नेपाल राष्ट्र बैंक, सरकार, प्राविधिक संघसंस्था र अनुसन्धान केन्द्रहरूको सहकार्यमा तयार गरिएको हो।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, CSRI नेपाल, npCERT र CAN महासंघका प्रतिनिधिहरूले नेपालमा साइबर सुरक्षा मजबुत बनाउन दीर्घकालीन सहकार्य आवश्यक रहेको बताएका थिए।

रोडम्याप अनुसार, सबै बैंकहरूमा प्रमुख सूचना सुरक्षा अधिकारी (CISO) अनिवार्य रूपमा नियुक्ति गरिनेछ र साइबर सुरक्षाका लागि उच्चस्तरीय समिति गठन गरिनेछ। वित्तीय क्षेत्रका साइबर घटनाहरू व्यवस्थापन गर्न FinCERT-नेपाल नामको नयाँ टोली गठन गरिनेछ, जसले नेपाल प्रहरी र npCERT सँग मिलेर काम गर्नेछ।

साथै, सबै बैंकहरू npCERT सँग अनिवार्य रूपमा जोडिने व्यवस्था गरिएको छ। साइबर जोखिम मूल्यांकन, कडा डिजिटल भुक्तानी सुरक्षा, २४ घण्टा सक्रिय निगरानी प्रणाली, र साइबर घटनाको तत्काल प्रतिवेदन अनिवार्य गरिनेछ।

तेस्रो पक्ष सेवा प्रदायकहरू र क्लाउड सेवामा कडा सुरक्षा मापदण्ड लागू गरिनेछ। साइबर सुरक्षामा जनचेतना फैलाउन र दक्ष जनशक्ति उत्पादन गर्न बैंकहरूले साइबर सुरक्षा छात्रवृत्ति र तालिम कार्यक्रम सञ्चालन गर्नेछन्।

नियमित अडिट, अनुपालन अनुगमन र जरिवानासमेत व्यवस्था गरिएको यो रोडम्यापले नेपालमा सुरक्षित र भरपर्दो डिजिटल वित्तीय प्रणाली बनाउन सघाउने विश्वास राखिएको छ।

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५३ मा प्रकाशित

You can share this post!

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब झिक्दै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब झिक्दै

वि.सं.२०८२ असार २९ आइतवार १२:३२

काठमाडौं । मौद्रिक नीति सार्वजनिकपछि पहिलोपटक नेपाल राष्ट्र बैंकले आइतबार...

क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने   

क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने   

वि.सं.२०८२ असार २९ आइतवार १२:१९

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा...

जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २९ आइतवार ११:१९

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार २९ आइतवार ११:१३

काठमाडौं । साताको पहिलो कारोबर दिन सुनको भाउ बढेको छ...

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

वि.सं.२०८२ असार २९ आइतवार ११:०५

काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती   

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती   

वि.सं.२०८२ असार २९ आइतवार ०८:१४

काठमाडौँ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज...