back
Kumari Bank

‘सिप मेला २०८२’ मा नेपाल लाइफ इन्स्योरेन्सको साझेदारी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सक्रिय सहभागिता जनाएको हो।

‘सिप मेला २०८२’ को उद्देश्य सिप नभएका व्यक्तिहरूलाई सीप सिकाउने र सिप भएका युवालाई अझ दक्ष बनाउने हो। मेला रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौंको समृद्धि हासिल गर्ने अभियानका रूपमा अगाडि बढाइएको छ। मेलामा १० विधामा ३७ पेशासम्बन्धी तालिमहरू निःशुल्क प्रदान गरिँदै छन्।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए। उनले भने, “सिप मेला २०८२ ले युवालाई सशक्त बनाउने मात्र होइन, उनीहरूलाई स्वरोजगार र भविष्य निर्माणको बाटो देखाउने उत्कृष्ट अवसर हो।”

पराजुलीका अनुसार, नेपाल लाइफ सधैं युवाहरूको क्षमता अभिवृद्धि र सामाजिक परिवर्तनमा सकारात्मक भूमिका खेल्न तयार छ। “हामी यस्ता कार्यक्रमलाई अवसर मात्र नभई सामाजिक परिवर्तनको गतिशील अभियानका रूपमा लिन्छौं,” उनले थपे।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नाराका साथ सुरु गरिएको सिप मेला काठमाडौं महानगरपालिकाको तीन वर्षे योजना अन्तर्गत सञ्चालनमा आएको हो। काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीका अनुसार मेलामा निजी क्षेत्रको उल्लेखनीय सहकार्य छ, जसमा नेपाल लाइफको सहभागिता विशेष रूपमा प्रशंसनीय रहेको छ।

सिप मेला विशेष गरी काठमाडौंमा बसोबास गर्ने स्थायी वा अस्थायी बासिन्दा, बेरोजगार युवा, करदाताहरू, ल्याण्डफिल्ड प्रभावित क्षेत्रका बासिन्दा र विदेशबाट फर्किएका युवाहरूलाई लक्षित गरिएको छ। मेलामा तालिमहरू हरेक दिन तीन सिफ्टमा सञ्चालन भइरहेका छन्।

नेपालभरका युवाहरू सिप मेलामा सहभागी भइरहेका छन्। कसैले पहिलोपटक अवसर खोज्दै छन् भने कसैले नयाँ सिपमार्फत जीवनलाई नयाँ दिशा दिइरहेका छन्। मेलाले उनीहरूलाई चाहिएको सिप, हौसला र भविष्यको मार्गदर्शन प्रदान गरिरहेको छ।

नेपाल लाइफले देशभरका ३० लाखभन्दा बढी बीमितलाई सेवा दिँदै आएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई समयसापेक्ष सेवा र सुविधाहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्याएको छ।

वि.सं.२०८२ असार ६ शुक्रवार १७:१४ मा प्रकाशित

You can share this post!

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

वि.सं.२०८२ असार २८ शनिवार ०७:५९

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २८ शनिवार ०७:१९

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार २८ शनिवार ०७:११

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०७:०२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

वि.सं.२०८२ असार २७ शुक्रवार २०:५४

काठमाडौं : क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र...

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २७ शुक्रवार २०:००

काठमाडौँ  : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन...