back
Kumari Bank

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते   

डोटी  : डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४७ मा प्रकाशित

You can share this post!

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

हिमालयन बैंकले एफपीओमा आजदेखि आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०८२ असार ३२ बुधवार ०७:०४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ...

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने   

वि.सं.२०८२ असार ३२ बुधवार ०७:००

काठमाडौँ : मङ्गलम इन्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै...

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५६

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

कुन राशिको कस्तो रहला ?  हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार ३२ बुधवार ०६:५२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

वि.सं.२०८२ असार ३१ मंगलवार २१:१३

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०८२ असार ३१ मंगलवार २१:०२

काठमाडौँ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य...