
काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला ५ सय रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि सुन प्रतितोला १ लाख ९५हजार २०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ १० रुपैंयाले बढेको छ । आज चाँदी २ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८२ असार ८ आइतवार १०:५३ मा प्रकाशित